सत्तारुढ गठबन्धनभित्रको दल नेकपा माओवादी केन्द्रले मकवानपुरमा आफ्नो भागमा रहेको दुईवटा प्रदेशसभाको उम्मेदवारको टुंगो लगाएको छ ।

बागमती प्रदेश सभाका लागि केन्द्रले मकवानपुर प्रदेशसभा १(क) मा प्रेमबहादुर पुलामी छिन्तु र प्रदेशसभा २(क) मा कुमारी मोक्तानलाई टिकट दिएको हो ।

टिकट पाएका दुवैजना नेताले २०७४ सालको चुनावमा यहि निर्वाचन क्षेत्रबाट जितेका थिए । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेकी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत हुन् ।

पुलामी पार्टीको बागमती प्रदेश उपाध्यक्ष छन् । गठबन्धन दलहरुबीचको सहमति अनुसार माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने निर्वाचनमा यहि दुई वटा प्रदेशसभामा मात्र उम्मेद्वारी दिने सहमति बनिसकेको छ ।

समाचार आनलाइन खबरबाट