नेपाल चलचित्र संघका सदस्यहरुको व्यवसायलाई बाधा अवरोध गर्दै असर पर्ने गरी चलचित्र विकाश वोर्डको नेतृत्वबाट नियतवस भइरहेको भन्दै नेपाल चलचित्र संघले ध्यानाकर्षण गराएको छ।
कार्यसमितिका महासचिवमा नरेन्द्र महर्जद्धारा हस्ताक्षर गरिएको जारी प्रेस विज्ञप्तिमा कठिन अवस्थामा रहेको सदस्यहरुको व्यवसायलाई समाप्त पार्ने नियतले गरिएको क्रियाकलाप मान्य नहुने भनिएको छ ।
यस्तो छ विज्ञप्तीमा

नेपाल चलचित्र संघका सदस्यहरुको व्यवसायलाई बाधा अवरोध गर्दै असर पर्ने गरी चलचित्र विकाश वोडको नेतृत्वबाट नियतवस भइरहेको गतिविधिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ।
कठिन अवस्थामा रहेका हाम्रा सदस्यहरुको व्यवसायलाई समाप्त पार्ने नियतले गरिएको कुनै पनि कियाकलाप हामीलाई मान्य हुने छैन । नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरुको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने, विनाकारण रात्री शो बन्द गराउने, कर्मचारीहरुद्वारा हाम्रा सदस्यहरुलाई धम्की दिने र अनेक बहानामा दुःख दिने जस्ता कार्यहरु तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौं । अन्यथा नेपाल चलचित्र संघ कड़ा संघर्षमा उत्रन बाध्य हुनेछ । यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जबाफदेही स्वय चलचित्र विकाश बोर्डको नेतत्व वर्गहनेछ।





















प्रतिक्रिया दिनुहोस्