भाद्र ३० । नेपाल कानुन समाज मकवानपुर द्वारा कानुन निर्माणमा संघीय संसदको योगदान चुनौति विषयक अन्तरक्रिया गरिएको छ ।
बुधबार हेटौंडामा आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा नेपालमा संसदीय अभ्यासका पाँच बर्षः एक सिंहावलोकन अन्तरगर्त छलफल गरिएको हो ।
कार्यक्रममा प्रस्तुतकर्ता वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघीय संसद, यसका समिति तथा उपसमितिहरुले खेल्दै आएको भूमिकामा महत्वपुर्ण जिम्मेवारीहरु दिईएको भएता पनि अध्ययन अवलोकन गर्दै आगामी दिनका लागि प्रभावकारी र जवाफदेही बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजनमा गरिएको बताए ।
उनले संविधान सभाद्वारा सविधान जारी भएपश्चात संसदले ५ बर्ष अवधि पुरा गरीसकेको र यसको अनुभव र चुनौतीको अध्ययनले आगामी संसदको लागि समेत मार्गदर्शन गर्ने अपेक्षा गरिएको बताए ।
कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष ठगेन्द्र पुरीको सभाभ्यक्षता, उच्च अदालत पाटन हेटौंडा इजालस सह न्याधिवक्ता सन्देस श्रेष्ठ, प्रदेश निर्वाचन अधिकृत लुम्बनाथ पोखरेल मनहरी गाउंपालका उपाध्यक्ष सिता पुलामी रेखा हेटौंडा उपमहानगर वडा नम्बर २ वडाध्यक्ष बिष्णु गोपाल महर्जन ४ का वडाध्यक्ष नविन सिग्देल बिभिन्न राजनिति व्यक्तीत्व मानव अधिकारकर्मीहरुको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगर वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देल, बिभिन्न राजनिति व्यक्तीत्व मानव अधिकारकर्मीहरु, सञ्चारकर्मीहरुले आफ्ना सल्लाह सुभाव सहितका भनाईहरु राखेका थिए ।
नागरिक संवाद केन्द्रका प्रमुख अधिवक्ता रघुनाथ खरालले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।
संसदीय अभ्यासका पाँच बर्ष : एक सिंहावलोकन
|


























प्रतिक्रिया दिनुहोस्