Rato Samachar
Tue, 26 May, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
धर्म-संस्कृति पर्यटन राष्ट्रिय समाचार

पुरानै लयमा फर्किदै धार्मिक पर्यटन

विगतका दुई वर्ष कोरोना महामारीका कारण सुस्ताएको धार्मिक पर्यटन म्याग्दीमा पुरानै लयमा फर्किन थालेको छ । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउन महिनामा मात्र सवा लाख धार्मिक पर्यटक आएका र अन्तिम सोमबार एकैदिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर धाम पछिल्लो समय धार्मिक पर्यटकको आकर्षकस्थल बनेको उहाँको भनाइ छ । यसवर्ष साउन महिनामा पाँच सोमबार परेकोमा गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, बुटबल, भैरहवा, काठमाडौं, नेपालगञ्ज, वर्दिया र बझाङ जिल्लाबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनलाई लक्षित गरेर विभिन्न १९ उपसमिति गठन गरी उनीहरुलाई सहज रुपमा पूजाअर्चना गर्ने व्यवस्थापन मिलाइएको थियो । अन्तिम सोमबार विगतका चार सोमबारमा भन्दा पनि सबैभन्दा धेरै भक्तजनले मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका थिए । पाँच सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाको कारणले पूजाअर्चना गर्न नपाएका भक्तजनले यसवर्ष गलेश्वर पुगेर पूजा गरेका छन् । यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट ३० हजारभन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पछिल्लोपटक गलेश्वर क्षेत्रमा भक्तजनलाई लक्षित गरेर विभिन्न धार्मिक पूर्वाधार निर्माण गरिएपछि मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ । बेनीका महिला उद्यमी हिराँदेवी कँडेलले मनोकामनासहित परिवारमा सुख, शान्तिको कामना गर्दै गलेश्वरको दर्शन गरेको अनुभव सुनाउनुभयो । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, ज्येष्ठ नागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । साउने सोमबार हिन्दू महिलाको लागि विशेष दिन मानिन्छ । यस दिन महिला ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा साउने सोमबारको दिन बिहानैदेखि खासगरी ब्रतालु महिलाको भीड लाग्ने गर्दछ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिला बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि मानिन्छ । पवित्र कृष्णागण्डकीबाट उठेर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । बगरफाँटका धारामा पानी आएन म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको एउटा गाउँका बासिन्दा खानेपानीको अभावमा विगत दुई महिनादेखि काकाकुलको नियति भोग्न बाध्य भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा रहेका २८ धारामा गत जेठ अन्तिम सातादेखि पानी नआएपछि स्थानीय खोला र कुवाको दुषित पानी पिउन वाध्य भएका हुन् । जेठ २८ गते मरुवा र उपल्लो खन्ना क्षेत्रबाट खसेको पहिरो र बाँगे छहरोमा आएको बाढीले खानेपानीको पाइन लाइन र दुधेखोलाको मुहान् बगाइदिएपछि बगरफाँटमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् । पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि नयाँ पाइप हालेर केही दिन पानी सञ्चालन गरिएको भए पनि पुनःअसार पहिलो हप्ता दुधेखोलाको बाढीले पानीको मुहान र ट्याङ्कीमा क्षति पु¥याएपछि यहाँका दुई सय आठ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका ललितबहादुर कार्कीले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा दुई महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् । विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढीपहिराले पाइपलाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएको थियो । बगरफाँट खानेपानी तथा सरसरफाइ आयोजनाका हेरालु हरि कार्कीले असोज लागेपछि मात्र नियमितरुपमा पानी सञ्चालन गर्न सकिने र त्यसअघि बाढीपहिराको जोखिम रहने हुँदा नियमित पानी सञ्चालन गर्न कठिन हुने बताउनुभयो । खानेपानीको समस्याका कारण बगरफाँटको दुई सय १४ घरधुरीका एक हजार दुई सय भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् । खोला र कुवाको प्रदूषित पानी खाएकै कारण यहाँका बालबालिका र वृद्धवृद्धामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडाका १२ वडामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मकवानपुरमा बन्द प्रशिक्षण सुरु

रातो समाचार संवाददाता

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र व्यवस्थापनको भूमिकामा डिभिजन वन

हेटौंडा-११ मा जिल्लास्तरीय फुटबल सुरु

रातो समाचार संवाददाता

हेटौंडाका पसलहरुमा जिल्ला प्रशासनका टोलीको अनुगमन, मूल्य सूची निर्धारण गर्न निर्देशन

रातो समाचार संवाददाता

हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षा संकायको पढाईलाई निरन्तरता दिने

छलफल भन्दा पनि समस्या समाधानबारे बुझन आवश्यक

जैविक विविधता उपयोगका लागि वनस्पति तथा वन्यजन्तु संरक्षण आवश्यक

नेपाल यातायात व्यवसायीको वरिष्ठ उपाध्यक्षमा हेटौंडाका पराजुली चुनावी मैदानमा

जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कराँतेको उपाधि बकैयाँले जित्यो

लोकप्रिय



भर्खरै

हेटौंडाका १२ वडामा समुदायस्तरीय कानुनी सचेतना कार्यक्रम सम्पन्न

श्री आधारभूत विद्यालयले गर्यो अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया

रातो समाचार संवाददाता

प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मकवानपुरमा बन्द प्रशिक्षण सुरु

रातो समाचार संवाददाता

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र व्यवस्थापनको भूमिकामा डिभिजन वन

हेटौंडा-११ मा जिल्लास्तरीय फुटबल सुरु

रातो समाचार संवाददाता

हेटौंडाका पसलहरुमा जिल्ला प्रशासनका टोलीको अनुगमन, मूल्य सूची निर्धारण गर्न निर्देशन

रातो समाचार संवाददाता

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology