Rato Samachar
Thu, 24 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

आधुनिक खोरमा किसानको आकर्षण

 जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले व्यावसायिक हुन आधुनिक बाख्राको खोर बनाउनुभएको छ । उहाँको खोरमा २५ वटा बाख्रा छन् । यसअघि परम्परागत खोरमा बाख्रा पाल्नुभएका कृषक थापाले आधुनिक खोरमा राख्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर बनाएको बताउनुभयो । राङखानीकै एलु थापाले पनि बाख्रा र बङ्गुरको खोर बनाउनु भएको छ । आधुनिक खोरमा बाख्रा र बङ्गुरको उत्पादन बढाउने उहाँको चाहना छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरेको कृृषि ज्ञान केन्द्रले किसानलाई लागतको ९० प्रतिशतसम्म अनुदान दिएपछि उनीहरु हौसिएर काम गर्दै आधुनिक खोर बनाएका हुन् । असारको पहिलो साता सम्झौता गरेका यहाँका ३० किसानले आधुनिक खोर बनाइसकेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । बाख्राको खोर बनाउनेलाई केन्द्रले रु ४० हजार लगानी गरेको र त्यसमा किसानले रु चार हजार ४०० आफ्नो लगानी थप्नुपर्छ । त्यस्तै बङ्गुरको खोर बनाउन केन्द्रले रु ५० हजार दिँदा किसानले रु पाँच हजार लगानी गरेका छन् । “अधिकांशले खोर बनाएर बाख्रा बाँधिसके, केहीले अझै पूरा गर्दैछन्” उहाँले भन्नुभयो,“काम सकेको प्राविधिक प्रतिवेदनको आधारमा मात्रै किसानले भुक्तानी पाउँछन् ।” राङखानीलाई बाख्रा र बङ्गुरको स्रोत केन्द्रकै रुपमा विकास गर्न यो लगानी गरिएको केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो । ढिलागरी बजेट आए पनि विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम छनोटका लागि चार वटा स्थानलाई रोजिएको थियो । ती बस्तीमध्ये विपन्न परिवार, काम गर्ने चाहना र आवश्यकता समेतको पहिचान गरेपछि राङखानीको यही गाउँ छनोटमा परेको हो । “यहाँका किसानले धान रोप्ने कामसमेत छाडेर खोर बनाएको देख्दा साँचिकै आवश्यकता रहेछ भन्ने देखियो” जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भन्नुभयो,“अब किसानले आफ्ना उत्पादन बेचेर धनी भएको पनि देख्न पाउनुपर्छ ।” सबै विपन्न बस्तीको रुपमा रहने अवस्था अन्त्य गर्न कृषि ज्ञान केन्द्रले काम गर्नुपर्ने उहाँको सुुझाव थियो । विपन्न बस्ती छनोट गरेर लगानीका लागिसमेत समन्वय प्रमुखकै अध्यक्षतामा समिति गठन हुन्छ । उक्त समितिले गरेको निर्णयपछि मात्रै बजेटका लािग माग गरिने प्रावधान छ । माग गरेको बजेट ढिला आए पनि समयमा काम सकेकाको आवश्यकता देखिएको समन्वय समिति प्रमुख थापाले बताउनुभयो । यहाँ दलित र मगर विपन्न बस्तीका रुपमा सूचीकृत भएका छन् । चालु वर्षका लागि उक्त केन्द्रमा रु ३५ लाख ३५ हजार बजेट आएकामा तिनलाई ४१ वटा खोरमा लगानी गरिएको र त्यसबाहेक कृषि फसल उत्पादन गर्ने किसान, प्लास्टिक टनेल, बेमौसमी उत्पादनलगायतमा पनि लगानी भएको उहाँको भनाइ थियो । किसानले खोर बनाएपछि बोयर बोका पाल्ने योजना पनि सुनाए । केही किसानले बङ्गुरको सङ्ख्या बढाएर व्यावसायिक बन्ने योजना बनाएका छन् । किसानले सूर्यमुखी किसान समूह गठन गरेर विपन्न बस्ती समेटेका छन् । “समूहमा आवद्ध भएर पनि केही किसानले तत्काल काम गर्न नसकेर बजेट लिएनन्” समन्वय समिति प्रमुख थापाले भन्नुभयो, “आगामी वर्ष अन्य कार्यक्रमलाई समेत जोडेर बस्तीका सबैलाई सम्पन्न बनाउने लक्ष्य लिएका छौँ ।” केन्द्रले सञ्चालन गरेको कृषि फार्मको भुक्तानीका लागि जिल्ला समन्वय समिति, प्रशासन, ज्ञान केन्द्र र जनप्रतिनिधि समेतले अनुगमन गरेका छन् । अनुगमनपछि उपयुक्त ठहर भएका योजनामा मात्रै भुक्तानी गर्ने केन्द्रका प्रमुख भट्टराइले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि राङखानीका किसानका लागि लगानी गरिएको छ । पाहीकै केदार आचार्यले निर्माण गरेको सुन्तला बिरुवाको नर्सरी निर्माणमा रु १५ लाख लगानी गरिएको परियोजनाका निमित्त प्रमुख सुजित पौडेलले बताउनुभयो । अनुसन्धान केन्द्र तथा बिरुवाको स्रोत केन्द्र बनाउन उहाँले यहाँ रु ५० लाखभन्दा बढी लगानी गर्नुभएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology