Rato Samachar
Tue, 8 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल सङ्घको सहयोगमा हुने प्रतियोगिताबाट स्नुकर खेलको विकासका साथै शारीरिकरूपमा तन्दुरुस्त, मानसिकरूपमा सचेत र सामूहिक भावनाको अभिवृद्धि गराउने विश्वास लिइएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका सहरबाट गरी एक सय २८ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक शङ्कर गुरुङले बताउनुभयो । उहाँका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडी प्रतियोगितामा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उपाधि विजेताले रु एक लाख ५१ हजार एक सय ११, द्वितीय हुनेले रु ७१ हजार एक सय ११ र सेमीफाइनल पुगेका दुई जनालाई जनही रु १५ हजार एक सय ११ र प्रतियोगिताका हाइएस्ट ब्रेकरलाई रु २१ हजार एक सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष सागरकुमार साइले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरी जुटाइने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताउनुभयो । स्नुकर खेल पनि प्रतियोगितात्मक खेल नै हो भन्ने बुझाउन प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष साइले बताउनुभयो । उहाँले भन्नुभयो, “खेल बुझाउँदै यसप्रति रुचि बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य हो । प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा विकास गर्न मद्दत गर्नेछ ।” नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घले स्नुकर खेललाई आगामी असोज अन्तिम साता पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ । विगतका पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिए पनि त्यसपछिका संस्करणमा स्नुकरलाई समावेश गरिएको छैन । सङ्घका अध्यक्ष साइले विगतमा समावेश भएर विभिन्न पदक जितेको यस खेललाई गण्डकी प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा पनि समावेश गर्न राष्ट्रिय खेलकुद परिषद्सँग माग गरिएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology