- मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिराको उच्च जोखिममा परेका छन् । जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताउनुभयो । कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको पाँच घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताउनुभयो । जोखिमको तह पनि बढिरहेको र बिहानभन्दा दिउँसो झन जमिन भासिँदै गएको देखिएको दुलालले बताउनुभयो । अहिले सुरक्षित स्थानमा राखी विज्ञको सिफारिसका आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । –––रासस























प्रतिक्रिया दिनुहोस्