Rato Samachar
Sat, 14 November, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

गर्मी छल्न फन भ्यालीमा रमाउँदै

समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै तर, नेपालमै बसेर वास्तविक समुद्री छालमा रमाउन भने सकिँदैन । यद्यपि भक्तपुरमा युवा पर्यटन व्यवसायीले समुद्री छालमा रमाउन चाहनेका लागि कृत्रिम समुद्री छालको निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । बढ्दो गर्मी छल्न र पानीमा रमाउन चाहनेका लागि युवा व्यवसायीको नयाँ समूहले भक्तपुरको पलाँसेमा सञ्चालनमा ल्याएको ‘काठमाडौँ फन पार्क’ को कृत्रिम सुमद्री छालमा रमाउनेको अचेल दैनिक भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवायुवती, परिवारदेखि विद्यार्थीसम्म कृत्रिम समुद्री छालमा रमाउन आउने गरेका छन् । काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटनको विकास, काठमाडौँ उपत्यकाका बासिन्दालाई कृत्रिम समुद्री छालसहित पानीको विभिन्न खेलको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँस्वरूपमा सञ्चालनमा पार्क सञ्चालनमा ल्याएको बताउनुभयो । दुई वर्षदेखि बन्द रहेको देशकै पहिलो फन भ्यालीलाई नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएर स्थानीय ३० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनुभयो । “मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा तीन हजार जना रमाउन सक्ने गरी काठमाडौँ फन भ्याली सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यहाँ जल र स्थल गरी ११ भन्दा विभिन्न खेल खेल्न पाइन्छ, उमेरअनुसारका तीनवटा पौडी पोखरीको व्यवस्था गरिएको छ, सबैभन्दा आकर्षण त यहाँको कृत्रिम समुद्री छाल र स्लाइडिङ हो जहाँ मन खोलेर मज्जाले रमाउन पाइन्छ ।” यहाँ १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन् । बालबालिकाका लागि पौडी पोखरीसँगै रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित तथा व्यवस्थित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बनेको उहाँले बताउनुभयो । यहाँ हरेक दिन पानी परिवर्तन गरी पानीको शुद्धतालाई प्राथमिकतामा राखिएको जनाउँदै उहाँले आन्तरिक पर्यटक भित्र्याइ जिल्लामा पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्य पनि यसको रहेको बताउनुभयो । कर्णाली म्युजियम (सङ्ग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, सयौं वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो । फन भ्यालीमा स्कुलका विद्यार्थी लिएर आउनुभएका मोर्डन इङ्लिस स्कुलका प्रिन्सिपल राजन कसपालले पारिवारिक मनोरञ्जन मात्रै नभइ विद्यार्थीका लागि पनि फन भ्याली प्रमुख गन्तव्य बनेको बताउनुभयो । आफ्ना विद्यार्थीलाई यहाँ ल्याएर पौडी खेल्न मात्र नभइ यहाँ रहेका अन्य बाल मनोरञ्जनका खेल खेल्नुका साथै यहाँको कर्णाली म्युजियमको अवलोकनले विद्यार्थीलाई मनोरञ्जन र ज्ञान आर्जन गर्ने थलोका रुपमा पनि आफूले लिएको उहाँले बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

हेटौंडा –१५ भोर्लेबाट किङ्ग कोब्राको उद्धार

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लोकप्रिय

1

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

2

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

3

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

4

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

5

सञ्चार माध्यमका सम्पादकबीच संवाद कार्यक्रम, ‘युवाको असन्तुष्टि राष्ट्रका लागि चेतावनी हो, संवाद र सहकार्यले मात्र निकास सम्भव’ : अध्यक्ष प्रचण्ड

रातो समाचार संवाददाता
6

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

7

“रामायण” ४ हजार करोडमा बनेको फिल्ममा दर्शकको ध्यान केन्द्रित रावणमा

8

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

9

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

10

नेपाल प्रज्ञा प्रतिष्ठान ६५ वर्ष पूरा गरी ६६ औँ वर्ष प्रवेश



भर्खरै

अनमोल केसी अभिनित “बाटुलो जुन” कार्तिक २६ देखि प्रर्दशनमा

हेटौडामा सडकका कुकुरलाई खाना खुवाउँदै विशाल राज महत टोली, फैलाउँदै प्राणीप्रेमको सन्देश

हेटौंडा फुटबल प्रशिक्षक भीम लामा सम्मानित

निःसुल्क खाना खुवाउने अभियानमा मारवाडी एशोसियसन

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते

शुक्रबार देखि प्रर्दशनमा “पाँच पाण्डव”

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology