हेटौंडा उपमहानगरमा बन्धक बनाएर फिरौती मागेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा बिरंगज महानगरपालिका वडा नं १९ का २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई हेटौंडा १० बसपार्कमा रहेको ट्राभल होटल एण्ड लजमा बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौंडा १५ बस्ने २९ बर्षिय सुरेश लामा, २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए अनुसार गएको जेठ २९ गतेदेखि श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेर बन्धक बनाई घरमा फोन गर्न लगाउने लाई नियन्त्रणमा लिएर  मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।