बैदेशिक रोजगारीमा खाडी मुलुक पुगेर मृत्यु अगालेपछि रातो बाकसमा शिलबन्दी भएर घर फर्किरहेका मान्छेहरुको दर्दमय कथाको वृतचित्र “चिसो मान्छे” ले प्रर्दशनको तीन दिनमा १ करोड २८ लाख कटाएको छ ।
शुक्रबारबाट प्रर्दशन फिल्मले ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख कमाइ गरेको छ ।
शुक्रबार नेपालसहित अमेरिका र माल्टामा समेत फिल्म रिलिज भएको हो भने शर्मिला पाण्डेले निर्माण दीपेन्द्र के खनालको निर्देशनमा रहेको चलचित्र “चिसो मान्छे”को सकारात्मक समीक्षा भईरहेको छ ।
यसैविच आसा बोकेको नेपाली चलचित्र चिसो मान्छे भएको निर्माण टोली बताउछन् ।
नेपालका बिभिन्न सिनेमा घरहरुमा प्रर्दशन भईरहेको भने हेटौंडा ४नारायणी मलमा रहेको एनएस सिनेमा हलको शानदार पर्दमा पनि हेर्न पाइने छ । चलचित्र हेर्नकालागि को संपर्क नम्बर 057-524718 मा अग्रिम बुकिङ्ग गर्न सकिन्छ ।
कोरोना महामारीमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएपछि मृतकको शवलाई काठमाडौंदेखि बाजुरासम्म लैजान परेका बिभिन्न घटना र शवयात्रालाई देखाईएको छ।
नेपाली माटाकोे सुगन्ध दुःख र आँशुको संवेदनामा बुनिएको रियल लाईफलाई रिलमा उतारेर दीपेन्द्र के खनालले काममा न्याय गरेका छन् ।
#CHISOMAANCHHE #RatoSamachar
CHISO MAANCHHE -Swastima Khadka, Arpan Thapa, Dipendra K. Khanalरातो बाकसमा फर्किने चिसो मान्छेstory














प्रतिक्रिया दिनुहोस्