काठमाण्डौबाट चितवन भण्डारास्थित भाउजुको घर जान लागेकी २७ बर्षीय र्एक महिला बाटो अलमलमा परेकी महिलालाई आफन्तको पुर्याइदिन्छु भन्दै चितवनको राप्ती नगरपालिकाका पुर्ण बहादुर घलानले बन्धन बनाएर शारिरिक यातना दिएको आरोप छ ।
महिलाको अत्याधिक रक्तश्राबका कारण मंगलवार उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ ।
रत्तश्राबपछि भरतपुर अस्पतालमा उपचारका लागी ल्याएको र थिए । आफु श्रीमान हु भन्दै भरतपुर अस्पतालमा उपचारका लागी भर्ना गरेको भएपनि अत्याधिक रत्तश्राबका कारण महिलाको मृत्यु भएको हो ।
काठमाण्डौबाट चितवन भण्डारास्थित भाउजुको घर जान लागेको अवस्थामा भाउजुको घर पुर्याइदिन्छु भनेर उनलाई बन्धक बनाएर लामो समयसम्म आफ्नै घरमा राखि सो महिलालाई पटक पटक घलानद्धारा चरम यौन हिंसा गरिएको आरोप छ ।
घटनाको बिषयमा जानकारी पाएपश्चात मृतक महिलाको भाउजु भिम कुमारी तामागंले प्रहरीलाई खवर गरेको र पीडक हाल प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग सहित सम्बन्धित सरोकारबालाहरुले प्रयास गर्ने निष्कर्ष समेत निकालेका छन् ।
मृतक महिलाको भाउजु भिम कुमारी तामागंको आर्थिक अवस्था समेत अत्यन्त नाजुक रहेकाले महिलाको दाहासंस्कार र पीडकलाई कानुनी दायरा ल्याउने बिषयमा मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी सहित, प्रहरी प्रमुख, अस्पतालमा आधारीत एकद्धार संकट व्यवस्थापन प्रणालीका प्रतिनिधि र महिला अधिकारकर्मीहरुबिच छलफल भएको छ ।
छलफल पश्चात मृतकको दाहासंस्कारका लागी अस्पतालमा आधारीत एकद्धार संकट व्यवस्थापन प्रणालीबाट १० हजार र जिल्ला प्रहरी कार्यलय अन्तर्गत लैङ्गिक हिंसा संजाल मार्फत १० हजार रुपैया नगद मृतकको भाउजुलाई हस्तान्तरण गरिएको छ।
त्यस्तै दाहासंस्कारमा लाग्ने अन्य खर्चको व्यवस्थापनका लागी प्रशासनले समेत सहयोग गरेको छ ।














प्रतिक्रिया दिनुहोस्