चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको छ ।

ललितपुरको जावलाखेलमा दाहाल सवार गाडीको टायर पन्चर भएर पोलमा ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा दाहाललाई टाउकोमा चोट लागेपछि उपचारकालागि अस्पताल लगिएको थियो ।

शुक्रबार दिउँसो दाहाल काम विशेषले जाने क्रममा गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई टाउकोमा चोट लागेपछि सिटी स्क्यान गरेर हेर्दा डाक्टरका अनुसारबाहिरी भागमा चोट भएको र अहिले सामान्य अवस्था भएको जनाइएको हो ।