हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका विजयी भएको।

बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना अनुसार मेयर पदको उम्मेदवारमा गठबन्धनबाट नेकपा एसको मिना कुमारी लामा र नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् ।

हेटौडा उपमहानरमा ३१ गते शनिबार बिहान ८ बजेदेखी सुरु भएको मत गणना सुरु गरिएको हो भने शुक्रबार केही मत गणना बाँकी रहदै विजयी घोषणा गएिको थियो ।

मतगणना बाँकी रहदै गठबन्धनले अग्रता कायम गरेपछि मतगणना बाँकी हुँदै पौडेल र उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले शुभकामना दिएका थिए।
सो पश्चायत सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको थियो ।

यसैक्रममा मतगणनाको अन्तिम मत परिणाम अनुसार   मेयरमा लामाले २३,०७५ मत पाएर बिजयी भएकी हुन् ।
उपमहानगरबासीको लोकप्रिय बन्दै मकवानपुरकै पहिलो महिला मेयर बन्न सफल समेत भएकी छन् ।

नवनिर्वाचित मेयर लामाले पहिलो पाँच बर्षे कार्यकाल उपमेयर भएर कामको अनुभव बटुलेर पुनः मेयरमा जित हासील गरेकी हुन् ।
त्यस्तेगरि उपमेयरमा राजेश बानियाँले ३२,५९३ मत पाएर बिजयी भए ।

हेटौंडा वडा नम्बर ५ को वडाध्यक्ष भएर ५ वर्ष काम गरेका बानियाँले पनि निक्कै अग्रताका साथ विजयी भए ।
मेयर तर्फका पैतिद्धन्दि नेकपा एमालेका अनन्त पौडेलले २३,९०६ मत पाएका थिए ।

पछिल्लो समय इन्ट्रि मारेका दिपक बहादुर सिंहले २०,५३१ मत प्राप्त गरे ।
लामाले पौडेललाई २,१६७ मतान्तरले पराजित गरेकी हुन् ।