हेटौंडा उपमहानगरमा भइरहेको मत गणना र आइरहेको मत परिणाम नै चर्चाको विषय बनिरहेको छ ।
नेकपा एमालेको ‘लाल किल्ला’को रुपमा परिभाषित भएको हेटौंडामा निर्वाचनको मत परिणाम आइरहदा चर्चाको विषय बनेको हो ।अहिले छुटै तरगं ल्याएको छ ।

हेटौंडा उपमहानगरमा मत गणना भइरहेको छ ।

चर्चा हो स्थानीय तहको निर्वाचन ।

बैसाख ३० गते स्थानीय तहको निर्वाचन हुने भनिएपछि  राजनीतिक दलहरूको तर्फबाट उम्मेदवारहरु निकै तात्तिए ।
तीन पटक सम्म हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमालेले अघिल्ला चुनावी परिणामलाई नै आधार बनाएर आफ्नै किल्ला हुने दावी गर्दै अघि बढ्यो ।
२०७४ को अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेबाट उम्मेदवार बनेका हरिबहादुर महत विजयी भएका थिए ।

यसकै आधारमा आफ्नो पार्टी जनताको काम गर्ने र जनताले सातै छाप आठ सुर्य भएकाले गठबन्धनले केही असर नपर्ने र जित हासील गर्ने दावी गरे ।
नेकपा एमालेबाट मेयरका लागि अनन्त पौडेल र उपमेयरका लागि सुमित्रा काफ्ले चुनावी मैदानमा आइन् ।

निर्वाचनमा नेकपा एमालेको किल्ला तोड्ने र प्रतिगमन विरुद्ध भन्दै  गठबन्धनबाट नेकपा एसको तर्फबाट मिना कुमारी लामालाई उम्मेदवार बनाईयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात नेकपा एमाले विभाजन भएको र  सोही समयमा एमालेको जिल्ला अध्यक्ष मुनु सिग्देल र केन्द्रीय नेता विरोध खतिवडा नेकपा एसमा आए भने हेटौंडा उपमहानगरको उपमेयर रहदा मिना लामा पनि एसमा सक्रिय भएर काम गरेकै भएरपनि  पहिलो पटक महिलाको नेतृत्व कायम गर्ने भन्दै मेयरका लागि उनलाई पार्टीले अघि सार्यो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितको पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका राजेश बानियाँलाई उपमेयर पदको उम्मेदवार बनाएर अघि सार्यो ।

एमालेले किल्ला बनाउने भन्दै आइरहेको अवस्थामा विचमा राप्रपाको तर्फबाट मेयरको दाउ मार्न दिपक बहादुर सिंहको इन्ट्रि भयो ।

जनताले खोजेको नेतृत्वका  गर्छु भन्दै  सिंह  संगै उपमेयरका लागि राप्रपाबाट इन्दिरा न्यौपाने डल्लाकोटी चुनावी मैदानमा होमिन आइपुगिन् ।

विचमा मेयर उपमेयरकालागि केही दल र स्वतन्त्र उम्मेदवारहरुपनि थपिए।

नेकपा एमालेले चुनावी मैदानमा रहदा सबै भन्दा बलियो जनताको विश्वासीलो पार्टी भएकाले गठबन्धनले कुनै असर नपर्ने दावी गर्यो ।

गठबन्धलाई प्रतिस्पर्धी मानेर चुनाव जितको पक्का भएको भन्दै अघि सरेर हलो प्रति ध्यानै परेन ।

पाँच दलीय गठबन्ध देखि बिभिन्न पदका उम्मेदवार, कार्यकर्ताहरु कार्ययोजनाको प्रतिवद्धता सहित मतदाताको घरघरमापुगे ।

चुनाब केन्द्रित रहेर बिभिन्न कार्यदेखि आफ्ना पक्षधरहरुको माध्यमबाट आफ्नो चुनाव चिन्हमा मतदान गर्न मतदान शिक्षा दिनलाई सक्रिय रहे ।

लामो समयदेखि राजनीतिमा लागेका र पहिलो र दोस्रो संविधान सभामा समेत उम्मेदवार नेकपा एमालेबाट उम्मेदवार बनेका अनन्त पौडेलले आफुहरुले चुनाव जित्नेमा ढुक्कमा थिए ।

३० गते निर्वाचन सकिएपछि गएको शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु भयो ।

२०७४ को निर्वाचनमा एमालेले मेयर, उपमेयर सहित १९ वडामध्ये १२ वडा जितेको थियो । हेटौंडामा सहजै एमालेनै विजयी हुने दाबी गरिरहे ।

मतगणना सुरु भएपछि त्रिपक्ष भिडन्त भएपनि नेकपा एमाले र गठबन्धन विच महासंग्राम हुने धेरैको आकलनमा पर्यो ।

तर, मतगणना हुदै गर्दा मेयरकालागि बिस्तारै एमाले पछि परेर एकाएक राप्रपाले अग्रता लिएपछि हेटौंडामा तरंगित बनायो ।

नेकपा एमाले र गठबन्धन विच चुनावी युद्ध हुने आकलन गरिए पनि हेटौंडामा राप्रपा र नेकपा एस निरन्तर अघिपछि भइरहदा नेकपा एमाले पछि परेको छ।
विचमा इन्ट्रि मारेको राप्रपका उम्मेदवार सिंहले अग्रता लिदा एमाले तेस्रो स्थानमा पुगेपछि तरंग ल्याएको हो ।

मत परिणाम कुरेर बस्नेहरुले बिभिन्न तर्क दिदै आफ्ना भनाइहरु सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।
मत गणना हुदै गर्दा गठबन्धन तर्फ नेपाली काङ्ग्रेसका उपमेयरका उम्मेदवार राजेश बानियाँलेले पाएको मत सरह गठबन्धनको मेयरको उम्मेदवार मिना लामाले पाउनु पर्नेमा मत घटेको छ ।

गठबन्धमा मत बराबर नहुनुले कांग्रेस तर्फको मत हलो तिर तानिएको आकलन गरिएको हो।
नेकपा एमाले तर्फ पनि उस्तै देखिएको छ । उपमेयरमा आएको मत भन्दा मेयरका लागि आएको मत कम हुनु पनि मत हलो तिर गएको आकलन गरिएको छ ।

८ बजेर ३० सम्म गरिइको मतगणनामा ३३ हजार ५७८ मत गनेको मत परिणाम अनुसार पहिलो स्थामा लामा अगाडि छन् ।गठबन्धबाट लामाले १०,४१० मत प्राप्त गरेकी छन्। लामालाई पछ्याउँदै सिंहले ९९२२ मत प्राप्त गरेका छन् । अनन्त पौडेलले ९०२५ मत पाएका छन् ।
उपमेयर उम्मेदवार बानियाँले १५४५५ मत प्राप्त गरेका छन् । एमालेको काफ्लेले १०५८१ मत पाएकी छन् ।

राप्रपाकी उपमेयरको उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटीले १४४८ मत पाएकी छन् ।

हेटौंडामा सिंह तेस्रो पटक चुनावी मैदानमा छन् । तर, पनि ‘पपुलर मत’ प्राप्त गरेका छन् ।
गठबन्धनको उम्मेदवार मेयर लामा र उपमेयर बानियाँको मतान्तर ५,५४५ छ ।

एमाले तर्फको उम्मेदवार मेयर पौडेल र उपमेयर काफ्लेको को मतान्तर १५५६ छ । दुबै दलबाट मत हलो तर्फ गएको हो भन्ने आकलन भइरहेको हो ।
त्यसमा पनि नेपाली कांग्रेस तर्फको मत हलो तर्फ गएको हो भन्ने धेरेको आकलनमा परेको अवस्था छ ।
गठबन्धको कुनै डर नमानी चुनावी मैदानमा होमिएको एमाले गठबन्धमा आउने मत हिसाब गर्नेहरु पक्षलाई हलोले झट्का दिएको छ ।

मेयरमा कसले बजी मार्ने हो?
त्यसका लागि आकलन जे गरेतापनि मतगणना सकिएपछिको नतिजा पर्खनै पर्छ ।