मकवानपुरमा आज भएको स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा समपन्न भएको छ ।
विहान ७ बजेदेखि नै मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो ।
मकवानपुरको १० स्थानीय तहमा शान्तिपूर्ण मतदान भएको हो ।
बर्षाको कारण केही समय मतदान प्रभावित भएपनि मतदाताहरुको उत्साहजनक सहभागितामा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
हेटौडा उपमहानगरको सम्पुर्ण वडाहरुको आजै राती मतगणना गरिने प्रमुख निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताएका छन् ।
सबै मतदान स्थलबाट मतपेटिकाहरु आईसकेपछि मतगणना गरिने बताएका हुन् ।
संचारकर्मीहरुको लागी संचार गृहमा आवद्ध संस्थाको परिचयपत्रले समाचार संकलन गर्नकालागि मतमगणना स्थलमा प्रवेश गर्न पाइने व्यस्था गरिएको श्रेष्ठले बताएका हुन् ।

















प्रतिक्रिया दिनुहोस्