काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाले ७ हजार लिटर नक्कली मह सहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको सूचनाको आधारमा महाशाखाको बिशेष टोलीले गुणस्तरहिन मह बनाई रहेको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. वडा नं. ६ हाल काठमाण्डौँ महानगरपालिका वडा नम्बर २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक ३८ बर्षका नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

ब्राण्डको नामबाट ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने र गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिन केमिकलहरु बिभिन्न प्रकारका सामाग्री, मेसिन,र गुणस्तरहिन ७ हजार ६सय के।जी।  तयारी तथा कच्चा मह समेत बरामद गरिएको अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका जानकारी अनुसार गुणस्तरहिन तयारी मह ६सय०के.जी. कच्चा तथा गुणस्तरहिन मह ६हजार५सय के.जी.ग्लुकोज ५सय के.जी.  चिनी १ सय के.जी. .Weight   मेसिन थान १  लेभल मेसिन थान १  सिल मेसिन थान १ पेट्राइज मेसिन थान १ स्टोरेज मेसिन थान १ स्पर्स हनीका लेभलहरु स्टिकर  पेट जार अ। १हजार पिस पिस सहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाको विषयमा प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको छ ।

पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एवंम् गुणस्तरहिन मह बिक्री बितरण भै रहेकोमा सजग रहन नागरिक तथा उपभोक्ताहरुलाई महानगरीय अपराध महाशाखाबाट अपिल समेत गरिएको छ ।