हेटौंडा । हेटौंडा-४,पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत शनिबार उसु सुरु भएको हो ।
आज शनिबारै सम्पन्न हुने प्रतियोगिता अन्तर्गत थाउलो  (प्रदर्शनी) विधा र सान्सो (कम्बेट फाइट) विधामा खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको फाइट विधामा ४२,४५ र ४८ केजी तौल समूहका छात्र/छात्रा खेलाडीहरुको सहभागिता रहेको मुख्य संयोजक विश्वनाथ पाठकले जानकारी दिए ।

प्रतियोगितामा हेटौंडाको सामुदायिक र संस्थागत विद्यालयबाट २३ जना विद्यार्थीको सहभागिता रहेको उनले बताए । नगरबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

हेटौंडा-४,स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा तथा हेटौंडा उपमहानगरपालिकाको आयोजना सञ्चालित प्रतियोगिता भोलि आइतबार सम्म चलन बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी