हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा-२,स्थित दिगो कृषि सहकारी संस्थाको अध्यक्ष पुन: चन्द्र सिंह स्याङ्तान चयन भएका छन् । शुक्रबार गाउँपालिकामा सम्पन्न भएको १२ औं वार्षिक साधारण सभाले स्याङ्तानकै अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
साधारण सभामा लगभग ३ सय जनाभन्दा बढी शेयर सदस्य भएको संस्थाले स्थापना कालदेखी हालसम्म आउँदा ८७ लाख बराबरको कारोबार गरेको छ । पछिल्लो समयमा भएको कारोबार तथा कामकारबाहीको प्रतिवेदन संस्थाका व्यवस्थापकीय कर्मचारी बिष्णु माया जिम्बाले प्रस्तुत गरेका हुन् । साथै उनले संस्थाले गर्न खोजेका आगामी कार्ययोजनाको प्रस्ताव पनि प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वडाध्यक्ष राजकुमार पाख्रीनले संस्थाको स्थापना कालदेखी हालसम्म विभिन्न तवरले संस्थालाई सहयोग गरेको बताए । अझै पनि संस्थालाई वडाकै नमुना संस्था बनाएर अगाडि बढाउने कार्यमा वडा सरकारको तर्फबाट निभाउनुपर्ने अभिभावकको भुमिका निर्वाहमा कुनै कमि हुन नदिने अठोट गरेका छन् ।
कार्यक्रममा सबैभन्दा बढी बचत गरि टप ५ मा पर्न सफल शेयर सदस्यहरू र सबैभन्दा बढी ऋण लिएर समयमै चुक्त गरि टप ५ मा पर्न सफल ऋणीलाई सम्मान गर्दै मायाको चिनो हस्तान्तरण गरेको छ । चन्द्र सिं स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन संस्थाका सचीव आत्माराम रुम्बाले गरेका हुन् ।


































प्रतिक्रिया दिनुहोस्