हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा जारी
१८ औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुर फुटबल क्लब नेपालको टिम पराजित भएको छ ।   सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमा आइतबार भएको  स्मृति गोल्डकप फुटबल प्रतियोगितामा पहिलो खेलमै मकवानपुर फुटबल क्लब नेपालको टिम नाम्ची जिल्लाको रेड पाण्डाको टिमसँग ४-२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

रेड पाण्डाको टिमले आजको खेलमा जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतियोगिताको खेलमा दुबै टिमबाट पहिलो हाफको २-२ गोल भएको थियो । मकवानपुर एफसीबाट  त्यसपछि दोस्रो हाफको खेलमा रेड पाण्डाको टिमले  थप २ गोल गर्दै टिमलाई जीताउन सफल भएका हुन् । मकवानपुरबाट सन्तोष गोङ्बाले र उमेश सन्जेलले गोल गरेका थिए ।

प्रतियोगितामा हेटौंडा एकेडेमीसहित १६ वटा टिमहरुको सहभागिता रहको छ ।  प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रातो समाचार संवाददाता
थप जानकारी