
नेपाली चलचित्र ‘द्रोपदी’ चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा छ ।
द्रौपतिको टेलर सार्वजनिक गरिएपछि द्रौपदी टिम प्रचारप्रशार गर्दै विभिन्न स्थानमा गएका छन् ।
ऋषि आचार्यको निर्देशन प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह–निर्मातामा छन् । फिल्मलाई मोहनकुमार झिल्लुले छायांकन गरेका हुन् ।
ट्रेलरमा देखिए अनुसार नेपालको पश्चिम क्षेत्रमा पर्ने कर्णालीको वास्तविक कथा रहेको र रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँगको सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई देखाएको बुझ्न सकिन्छ ।
कर्णाली भेगको जिवनशैली र सोस्थानका बासिन्दाले भोगेको समस्या, र नारी संवेदनालाई बिषय बनाएर निर्माण गरिएको मान्न सकिन्छ । चलचित्रमा डोल्पाको सेफोक्सुण्डो ताल र त्यहाँका गाउँहरूलगायत विभिन्न रमणीय स्थलहरूको दृष्य कैद गरेसंगै नेपालकै भूभागको कथा समेटिएको देखएको र भलचित्र उत्कृष्ट भएको अन्मान गर्न सकिन्छ ।
……………………………………………………………………………………………………
हेटौंडामा हेर्न चाहनेहरुका NS cinemas, Narayani Mall Hetauda -4
लागि थप जानकारी लिन 057-520949
………………………………………………………………………………………………….
चलचित्रले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष अवार्ड र जुरि अवार्ड पाउन सफल हुँदै जर्मनको प्याराडाइज फिल्म फेस्टिवलमा समेत छ्नोट भएको हो ।
द्रोपदी’ नाम सुन्दा महाभारतकी प्रमुख पात्र द्रोपदी हो भन्ने लाग्न सक्ने भएकाले द्रोपदी नामकी महिला पात्रमा केन्द्रित भएको र
धार्मिक फिल्म नभएको बताइएको छ । ।
ऋषिराज सहित आश्विनी शाही, रवि ओड, कविराज भाम, सुजाता तिमल्सेना, विष्णु ठडराई, जेल्सन अधिकारी, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतले अभिनय गरेका छन् ।
गायक रवि ओडले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा रवि ओडकै संगीत, विष्णु ठडराईको कोरियोग्राफी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्