हेटौंडा ।  राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले नागरिक, समाजलाई सुसुचित गर्न सूचना माग गरी उक्त सूचनालाई प्रयोजन गर्नुपर्ने बताएका छन् ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघले हेटौंडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक शनिबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सूचना मागको प्रयोजन के को लागि हो, खुल्नुपर्ने बताएका हुन् ।

 

पछिल्लो समय सूचना मागको बाहानाम समाजमा विकृति बढेको र सूचना माग्दै बाग्रेनिङ गर्ने कुराहरु आइरहेकाले त्यसता विकृतिलाई निरुपण गर्न आयोग सक्रिय रुपमा लागिरहेको बताए ।

सामाजिक संघसंस्था होस् या सरकारी कार्यालयले पारदर्शिताका साथ काम गरी सुशासन कायममा अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेल, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, हेटौंडा उपमहानगरका महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना बिभिन्न जिल्लाका सूचना अभियानकर्मी तथा महासंघका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।