
सेवा सहयोग र आवाजमा हामी (एस एस ए एच ) द्धारा निसन्तान(बाझोपन) को समस्या रहेका हरुका लागि आयोजित निःशुल्क परिक्षण तथा परामर्श सेवामा ५० दम्पतीले सेवा लिएका छन् ।
शनिबार हेटौंडामा (एस एस ए एच ) आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा शनिबार राप्ती रोडस्थित रामजानकी मेडिकल हलमा आयोजित निःशुल्का सेवामा दम्पतीहरुलाई सेवा प्रदान गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको उक्त परिक्षण शिविरमा ललितपुर कुपन्डोल स्थित प्यासिफिक IVF सेन्टरको सहकार्यमा विशेषज्ञ डाक्टर ज्वाला थापाद्वारा चेकजाँच गरिएको हो।
कार्यक्रममा नगर टोल बिकास समन्वय का अध्यक्ष धुर्व प्रसाद अधिकारीले संस्थाले समाजमा परेको समस्या मध्य जटिल समस्यामा परेकाहरुका लागि सेवा दिन गरिएको कार्य अनितै प्रसंसायोग्य भएको सुनाए ।
यस्तो जटिल समस्या भन्नपनि नसक्ने अनि कसलाई भन्ने हो ? सोच भइरहेको अवस्थामा संथाले कार्य गर्दा यस्ता कार्य अब हरेक टोलटोलमा आवाश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाले संस्थाले निशन्तानको समस्यामा रहेकाहरुलाई मध्य नजर गर्दै कार्यक्रम गरेकोमा खुसी लागेको बताइन् ।
बिभिन्न विषयमा काम गरिरहदा यस्तो महत्वपुण विषयमा ध्यान दिनलाई आफुहरु छुटेको महशुस भएको मेयर लामाले सुनाइन्।
संस्थाले अत्यन्तै महत्वपूर्ण काम गरेकोमा निकै खुसी लागेको सुनाउदै आगामी दिनमा पनि संस्थाले गर्ने सकारात्मक कार्यमा उपमहानगरको हरपल सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।
जटिल र नकारात्मक असरका रूपमा वृद्धि भइरहेको निसन्तानको समस्याले विकराल रूप लिरहेको हुँदा विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क परीक्षण र परामर्शको कार्य अघि सारिएको आयोजक संस्थाका अध्यक्ष विशालराज महतले बताए ।
नाम अनुसार काम गर्दै आएसंगै कार्यलाई निरन्तर दिने बताउदै काम आफ्नो मात्र नभएर समुहकै साथ रहेको बताए ।
कार्यक्रम सफल बनाउनका लागि आर्थिक सहयोग उपमहानगरको तर्फबाट पनि भएको र कार्यक्रम सफल बनाउन साथ दिने सबैमा कृतज्ञ रहेकामे अध्यक्ष महतले बताए ।
प्रतिक्रिया दिनुहोस्