हेटौंडा उपमहानगरनगरपालिका–१० स्थित राप्ती रोडको एक घरमा शनिबार विषालु सर्पको प्रजाति किङ कोब्रा सर्पको बच्चा किङ कोब्रा सर्प भेटिएको छ ।

हेटौंडा – १ मा रहेको हेटौंडा अस्पतालको उत्तरपट्टीको एक घरमा बस्दै आएका सुरेश चौधरीको कोठाभित्र भेटिएको विश्वकै सबै भन्दा ठुलो , लामो र विषलु मानिने किङ कोब्रा सर्प हेटौंडाका राजेश गरिब र रोशन दिपले उद्धार गरेका हुन् ।

उक्त सर्प देखिएपछि खबर पाएर पत्रकारीतामा सक्रिय रहेका रातो समाचार डटकममा आवद्ध रोशन दिप र राजेश गरिब सर्प उद्धारका लागि पुगेका थिए ।

सर्प उद्धारपछि मानब बस्तीमा सर्प पसरे त्रसित भएको अवस्थामा निःशुल्क अनि निस्वार्थ भावले सर्प समातेर मानब बस्ती भन्दा पर वन्यक्षेत्रमा छाड्ने गरेको भन्दै चौधरीले खुसी व्यक्त गरे ।

उद्धार गरिएको किङ्ग कोब्रा जसलाई सर्प ,सर्पको राजा राजगोवन – कालीनाग भन्ने गरिन्छ । विज्ञहरुको भनाई अनुसार अतिनै बिषलु भएसंगै बुद्धिमान मानिने सर्प जसले एकपटकको टोकाइमा एउटा हात्ती र २१ जना मानिसलाई मार्ने न्युरो टक्सीक भेनम विष हुन्छ ।

समातिएको किङ्ग कोब्रालाई डिभिजन वन कार्यालय हेटौंडा संगको समन्वयमा आइताबार निकुञज परिसरको बन्य क्षेत्रमा छाडिएको छ ।

……………………………………………………………. …………………..

यसअघिपनि हेटौंडा–९ दिव्यपमा रहेको अनिता बलको घर छेउमा मा किङ्ग कोब्रा सर्प भेटिएपछि उद्धार गरेर डिभिजन वन हेटौंडाका वन अधिकृत वसन्तराज गौतमको अनुमतीमा सुुवेदार यादबिन्द्र पौडेल साहयक वन रक्षक भुपेन्द्र कर्की सहितको टोलीनै भएर छाडिएको थियो।

 

 

सर्प विशेसज्ञहरुले गरेको खोज अनुसार विषेश गरि नेपालको दुई हजार मिटरसम्म पाइन्छ र नेपालका बिभिन्न स्थानसंगै हेटौंडामा पनि किङ्ग कोब्रा सर्प भेटिन थालेको छ ।

पछिल्लो समयपनि केही दिन अघि हेटौंडा १४ मयुरधापबाट सर्प उद्दारकर्ता विश्वास कोइरालाको समुहले असोज २९ गते २०८१मा  पनि किङ्ग कोब्रा उद्दार गरेका थिए ।

उनले पनि मकवानपुरमा रहेर सर्प उद्धार गरिरहेका छन् ।

हेटौंडा उपमहानगर भित्रै हेर्नेहो भने  अन्य विषालु सपहरु बेन्डेड करेट, गोवन, कोरल स्नेक, ग्रिन पिट भाइपर भेटिने गरेको छ । त्यस्तैगरि अविषालु सर्पहरु कपर हेडेट ट्रिङ्केट, कमन ट्रिङ्केट, ट्वीन स्पोटेट, उल्फ् स्नेक Ornate flying snake र धामन सर्प भने अत्याधिक भेटिने गरेका छन् ।