मकवानपुरे युवा साहित्यकार दीपक गौतम र उनको धर्मपत्नी प्रभा पौडेललले आफ्नो विवाह वर्षको अवसर पारेर एक मृगौलापीडित महिलालाई सहयोग गरेका छन् ।

हेटौँडा ४ पारिजातपथमा लामो समयअघिदेखि ठेलामा फलफुल व्यापार गर्दै आएकी ४७ वर्षीया मृगौलापीडित विनिता उप्रेतीलाई शिक्षक समेत रहेका गौतम र उनकी पत्नी पौडेलले आफ्नो विवाहको तेह्रौँ वर्षको अवसरमा रु. ५हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् ।

दुवै मृगौला फेल भई केही महिनाअघिदेखि डाइलासिस गराउँदै आएकी उप्रेतीलाई उपचारमा कठिनाइ उत्पन्न भइरहेको छ ।

भने उप्रेतीले आफ्नो ठेलासमेत बिक्री गरेको थाहा पाएपछि औषधी जोहो गर्नको लागि थोरै भए पनि सहयोग होस भन्दै सहयोग गरेको गौतमले बताए ।
मृगौलापीडित उप्रेतीको दुवै मृगौला फेल भएको छ भने हाल हेटौँडा अस्पतालमा नियमित मृगौला डाइलासिस गराइरहेकी छिन् ।