हेटौंडा /  प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा आज आइतबारबाट चितवन जिल्लाको गौतमबुद्ध क्रिकेट रंगशालामा अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
९ वटा विधामा १ सय ३६ वटा स्वर्ण पदकका लागि ७ प्रदेशका करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।
उद्घाटनलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक संविधान जारी पछि संघीय प्रणालीको अभ्यासमा पहिलो पटक प्रतियोगिताको आयोजना गरेकोमा खुसी लागेको बताए ।
भरतपुर भ्रमण वर्षको शुभारम्भ भएकोमा प्रतियोगिताले भौतिक प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेका बताए ।
प्रतियोगिताको माध्यमले प्रतिभाशाली खेलाडीको उत्पादन हुने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा समेत सहभागी हुन पाउने अवसर दिएको भन्दै धन्यबाद व्यक्त गरे ।
प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्रह गर्दै चितवन जिल्लाको गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रियस्तरमा चिनाउन टेवा पुग्ने उल्लेख गरे ।

बागमती प्रदेश खेलकुद विकास परिषद्की अध्यक्ष एवम् प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको सभाध्यक्षता तथा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र ७ प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थिति रहेको थियो ।

……………………………..

विभिन्न प्रदेशका खेलाडीहरु विभागीय टोलीमा गएपछि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको प्रदेश खेलकुद ले जनाएको छ । जानकारी दिए अनुसार प्रतियोगिताका लागि १ सय ३६ वटा स्वर्ण, १ सय ३६ वटै रजत र १ सय ८६ वटा कास्य पदक गरी ४ सय ५८ वटा पदकको व्यवस्था गरिएको हो ।