हेटौंडा उपमहानगरमा उत्पादित गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता पाएको छ ।

उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले सरकारी गुणस्तरको मान्यता पाएको हो ।
लगभग महिनाको अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरले जनाएको हो ।

सोही क्रममा प्रमुख अतिथी मेयर मीनाकुमारी लामाले उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरको भरपुर सहयोग रहने बताइन्।
उपमहानगरको एक लाख रुपैयाँ लागतबाट शुरु गरेर अर्ग्यानिक सागबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरू निकै खुशी भएको उद्यमीहरुले बताए ।हेटौंडा १८का वडाध्यक्ष अनिल बानियाँको सभाध्यक्षता रहेको कार्यक्रममा बिभिन्न वडाका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।