नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला ईन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको बताएका छन् ।

माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नंं १ को बुधबार भएको दोश्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । विगतमा २०६४ सबैभन्दा ठूलो शक्तिको रुपमा जनअनुमोदित भएर ‘व्यवस्था बदलेर जनतकै पक्षमा काम गर्दै आएको एकमात्र पार्टी माओवादी जनताकै पक्षमा रहेतापनि केही तत्वहरुले नकारत्मक व्याख्या गरिरहेको गौतमले बताए।
सुशासन र सामाजिक न्याय सहितको सम्बृद्धिको एकसूत्रीय भाष्य निर्माण गरिरहेकोले जसले जे भनेपनि पुनरोदयको सन्निकट रहेको दावी गरे ।

अधिवेशनलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगर ईन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले माओबादीले
प्राप्त गरेको उपलब्धीप्रति प्रतिक्रियावादीको दुष्प्रचार खारेज गरेर माओवादी रक्षात्मक बनेको जिकिर गर्दै आउदा दिनमा सचेत हुनुपर्ने बताए ।

………………….
अधिवेशनले रेवती दाहालको अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा ऐक्का थिङ,सचिव गजेन्द्र नारायण यादव, सह–सचिव रेजिना शिकारी, कोषाध्यक्ष मनिषा लामा सहित १७ सदस्यीय वडा समिति चयन भएका हुन्।
वडा पार्टी अध्यक्ष स्वस्थि राजथलाको सभाध्यक्षतामा भएको अधिवेशनमा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, प्रदेश सदस्य विवेक राई, जिल्ला सदस्य मानबहादुर लामा, उपमहानगर अध्यक्ष तिर्थबहादुर थापामगर, उपाध्यक्ष गुणराज घिमिरे लगायतको उपस्थिति रहेको थियो।