जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सामाजिक कुरीति लैंगिक हिंसा न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम गरिएको छ ।

ग्रामिण महिला सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा मंगलबार सचेतनामुलक कार्यक्रम गरिएको हो ।

हेटौंडा – ५ स्थित ग्रामिण महिला सेवा केन्द्रको भवनमा गरिएको कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले समाजमा भएको संस्कृति सबैलाइ लागू हुने र सकारत्मक काम गर्नुपर्ने र यसमा झुक्न नहुने बताइन् ।  कुनैपनि कामहरु गर्दा गलत गर्नभने नहुने र महिला भएता पनि सक्षम आवाश्यक रहेको बताएकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मन्त्री म्क्तानले समाजमा रहेर न्यायको कुरा उठाइरहेपनि समाजमा रहेकाहरु नै पिडीत रहेको भेटिने र उनिहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सचेतना कार्यक्रमबाट हल गर्ने बाटो बनाउनुपर्ने बताइन् ।

कार्यक्रमहरुमा पीडित महिला संगै हिंसा गर्ने पुरुष्हरु समेत राखेर महिलालाई गर्नुपर्ने सम्मान, व्यवहारका बारेमा बताउने, कानुन् र ऐनका बारेमा जानकारी गराएर सचेतना दिने गर्नुपर्ने मन्त्री मुक्तानको भनाइ छ।
कार्यक्रममा जिसस उप प्रमुख सानूकाजी लुइटेल, माइती नेपाल हेटौंडा संयजक माया लामा, जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष अप्सरा बस्नेत, जिसस सदस्यहरु, सरोकारवाला बिभिन्न व्यक्तीत्व लगायतले हिंसा न्यूनिकरणका लागि आफ्ना भनाइहरु राखेका थिए ।

 

 

 

 

 

 

 

रातो समाचार संवाददाता
थप जानकारी