हेटौंडा उपमहानगर वडा नम्बर ५ निवासी मकवानपुरका व्यवसायी स्व. गणेश भेटुवालको पार्थिव शरिरको बिहिबार अन्त्यष्टि गरिएको छ ।

हेटौंडा सिमेन्टका अध्यक्ष, दिव्यतारा बहुउद्देश्य सहकारीका उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघका एशोसिएट तर्फका सदस्य र बिभिन्न संघ संस्थाको नेतृत्व गरेसंगै सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय रहने ४९ वर्षका भेटुवालको पार्थिक शरिरलाई हेटौँडा–१९, बस्तीपुर राप्ती तटमा बिहिबार अन्त्यष्टि गरिएको हो ।

भेटुवालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँ दिल्ली स्थित मेदांता अस्पतालमा लगिएको थियो । भेटुवालको कलेजोमा समस्या भएपछि उपचारका लागि दिल्लीमा रहेका थिए भने मंगलबार साँझ निधन भएको हो ।

स्व. भेटुवालको १ श्रीमती, २ छोरा, २ जना दिदीबहिनी, छन् । परिवारमा जेठाका रुपमा रहेका भेटुवालको पार्थिव शरिरलाई नेपाली कांग्रेस सह महामन्त्री महालक्ष्मि उपाध्य डिना, हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामा, उपमेयर राजेश बानियाँ, बिभिन्न राजनीतिदलका व्यक्तीत्व, संघ संस्थाका प्रतिनीधि, शिक्षकहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका थिए।

राजेश गरिब
थप जानकारी