मकवानपुरको बकैया गाउँपालिकामा सवारी दुर्घटना भएको छ ।

हेटौंंडाबाट काठमाण्डौंतर्फ आउदै गरेको बा ३ ख ५६५७ नं. खाली बस वडा नं.११ बाघधारा स्थित कान्तिलोकपथको सडक खण्डमा आफै अनियन्त्रित भई सडक बाट करिब ३सय मिटर तल सिमात खोल्सामा खसी दुर्घटना भएको हो ।

दुर्घटना हुँदा बस पुर्ण रुपमा क्षति भएको र मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा संलग्न सवारी साधन घटनास्थलमै रहेको, सवारी धनि   जिल्ला दाङ तुलसीपुर नगरपालिका वडा न.५ हिमालीटोल घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १८ नख्खु बस्ने बर्ष ३६ को राजु रन्जित रहेका छन ।

रातो समाचार संवाददाता
थप जानकारी