नेपाल कानून समाजको आयोजनामा प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयकअन्तरक्रिया कार्यक्रम भएको छ ।

शुक्रबार हेटौंडा २ पल्पसा प्याराडाइजमा आयोजित कार्यक्रममा प्रदेश र स्थानीय तहको समन्वयको अवस्था र चूनौति प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान, कानून र तीन तहबीचको समन्वय, तर्जुमाको अवस्था र भावि रणनीति लगायतका विषयमा अन्तरक्रिया भएको हो ।

नेपाल कानून समाज उपाध्यक्ष पुष्पा भुषालको सभाध्यक्षता बागमती प्रदेश सभा उपसभामुख अपसरा चापागाईको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा नागरिक संवाद केन्द्र हेटौंडाका प्रमुख, रघुनाथ खराल ले स्वागत गर्दै उद्देश्य माथी प्रकाश पारेका थिए भने नेपाल कानून समाजका निर्देशक समेत रहेका अधिवक्ता मोहन आचार्यले कार्यपत्र प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा नेपालको संघीय संरचनामा तीन तह हुने र एकाई हरुबीचको सम्बन्धमा सहकार्यमुलक सिद्धान्तमा आधारित हुने संवैधानिक ब्यवस्था रहेको बताइएको हो ।
तर पनि, प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा बिवाद समाधान गर्ने सम्बन्धमा केही अभ्यासहरु भएपनि प्रदेश सभाबाट उक्त कानून हालसम्म जारी नभएको अवस्थामा अव हुनुपर्ने गर्न सकिने विषयमाथी छलफल गरिएको हो ।

प्रदेश मामिला समिति, बागमती प्रदेशका पूर्व सभापति माधव पौडेल, जिल्ला प्रशााशन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, मकवानपुरको गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरु,स्थानिय तहका जनप्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी