मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको कार्यकाल अवधी सकिएसंगै सोमबार बिदाई गरिएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदबाट २०७८ चैत ४ गते अध्यक्ष पदमा नियुक्त भएका खड्गीलाई  समितिको कार्यालय परिषरमा एक कार्यक्रमको आयोजना गर्दै सम्मानपत्र प्रदान गर्दै बिदाई गरिएको हो ।

नेतृत्वमा अएपछि खेलकुद जगतमा विकास गर्न पुर्याएको योगदानको कदर गर्दै  पूर्व मेयर हरिबहादुर महत, नगर खेलकुदका निवर्तमान अध्यक्ष चन्द्र शाही, जिल्ला खेलकुदका पुर्व अध्यक्ष सानु लाम, वडा–१ का अध्यक्ष सविन न्यौपाने, वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–११ का अध्यक्ष जुना दहाल, मकवानपुर जिल्ल तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्नबज्रचार्य र सितोरियो कराँते संघका अध्यक्ष दीपक बहादुर लामा, जुडो संघका अध्यक्ष सविन मुक्तन लगायतको उपस्थितिमा सम्मन गर्दै विदाइ गरिएको हो ।

२ वर्षे कार्यकाल पुरा भएर अध्यक्ष पदको जिम्मेरवारी सकिएपनि खेलजगतमा सधैव साथ सहयोग पाइने विश्वास रहेको बताउदै जिल्ला भलिबल संघ र व्याडमिन्टसंघका पदाधिकारीहरु लगायतले कदर पत्र प्रदान गर्र्दैे सम्मान गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले कार्यकालभरी खेलकुद क्षेत्रमा निस्वार्थ तरिकाले काम गरेकोमा खुसी व्यक्त गरिन् ।

गएको पुष ५ गतेदेखि १८ गते सम्पन्न खेलकुद तथा व्यापार महोत्सवबाट आएको २० लाख रुपैयाँको अक्षयकोष निर्माण समेत भएको छ ।