हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित मानसचोकमा रहेको साहारा किस्ताबन्दी कार्यक्रमका सञ्चालक सम्पर्कविहीन भएको भन्दै बचतकर्ताहरु साहाराको कार्यालय पुगेका छन् ।
२०५८ सालदेखि सञ्चालनमा रहेको संस्थाका सञ्चालक सरोज थापा र बिनिता पौडेल एक सातादेखि सम्पर्क विहीन भएको भन्दै
आइवार बिहान बचतकर्ताहरु साहाराको कार्यालय पुगेका हुन् ।
खोजतलासगरी पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएको बचतकर्ताहरु बताउछन् ।
४ जना बचत संकलक सहित संस्थामा पाँच जना कर्मचारी कार्यरत छन् भने ६ सयबढीको बचत रहेको छ।



















प्रतिक्रिया दिनुहोस्