राष्ट्रिय भूमि आयोग मकवानपुरले एक सय २४ जनालाई जग्गाधनी पूर्जा लालपुर्जा वितरण गरेको जानाकारी गराएको छ ।
शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेरआयोग गठन भएकोअवधिमा एक सय २४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जानकारी गराएको हो ।

भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतातथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार आयोगले बागमती गाउँपालिकाका ४ र बकैया गाउँपालिकाका २ गरि ६ जना भूमिहिन दलितलाई जग्गाधनी पूर्जा प्रदान गरेको हो ।

बागमतीका ३५ र बकैयाका ९ गरि ४४ हेटौंडा उपमहानगरका ६९ र बागमती गाउँपालिकामा ५ गरि ७४ अव्यवस्थित बसोबासीलाई पूर्जा समेत वितरण गरेको भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले बताएका छन् ।
अध्यक्ष विष्णुप्रसाद दाहालले बताए अनुसार स्थानीय तहले ३ सय ४० भूमिहिन दलित, २ हजार २ सय ६० भूमिहिन सुकुम्बासी, १४ हजार ६ सय ५० अव्यवस्थित बसोबासी र सट्टाभर्ना २ जना गरि १७ हजार २ सय ५२ निवेदनको तथ्यांक आयोगले प्रविष्ट गरेको छ ।

जग्गा दर्ता तथा पूर्जा वितरणका लागि बकैयाँ गाँउपालिकाबाट ४३ भूमिहिन दलित तथा सुकुम्बासीको विवरण स्वीकृत भएको हो ।

हेटौंडाको वडा नम्बर ११, ९ र ७ को ८ सय भन्दा बढि, बागमतीको १,२ र ६ को एक सय ४० भन्दा बढिलाई पुर्जा वितरणको तयारी भईरहेको छ ।
कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य अरूण रायमाझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज पौडेल, जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, वन कार्यालयका वन अधिकृत बसन्तराज गौतम, मालपोत कार्यालय मकवानपुरका प्रमुख ओमबहादुर अधिकारी,सचिव नापी कार्यालय मकवानपुरका प्रमुख खिमबहादुर राना लगायतको उपस्थिति रहेको थियोे ।