नेपाल खेलकुद महासंघले स्थापना दिवसको अवसरमा जुनियर क्योकोशीन जिल्ला स्तरीय कराते प्रतियोगिता तथा नगर सम्मेलन
गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघ कमिटी द्वारा कार्यक्रम गरिने भएको अध्यक्ष सविन मोक्तानले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार हेर्टौंडा ४ स्थित कर्वडहलमा फाल्गुन १० गते हुने छ ।
महिलामा ३० के.जी. मुनि, ३५ के.जी. , ४५ के.जी. र ५० के.जी . मुनि तौल समूहहरु रहने छन् ।
पुरुष तर्फ ३०, ३५ , ४५ र ५० के.जी. मुनिका १सय ५० जना खेलाडीहरु सहभागी हुने छन् ।
करिब २ लाख लागतकोृ अनुमान गरिएको आयोजले जानकारी गराएको छ ।
मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ रहेको ११, १२ गते दइदिन हुने कार्यक्रममा ड्रेमोसट्रेसनहरु, घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल, पेटबाट गुडाउने, ढुङ्गगा ब्रेकिङ्ग, कराते गितमा डान्स लगायतका बिभिन्न आर्कर्षण ड्रेमासेट्रेसनहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिए ।
सो कार्यक्रम भने हेटौंडा संगम चोकमा रहेको फन हेटौंडामा गरिने भएको हो।
कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुनेलाई मेडल, प्रमाणपत्रबितरण गरिने र उत्कृष्ट खेलाडीलाई नगद समेत दिइने जानकारी गराइको छ ।















प्रतिक्रिया दिनुहोस्