बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी विष्णुकुमार केसीले शान्ति सुरक्षा कायम गर्ने  जिम्मेवारी नेपाल प्रहरीकै भएता पनि नेपाल प्रहरीको मात्र हो भनेर नबुझिदन आग्रह गरेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा केही समयअघि मात्रै सरुवा भई आएका प्रदेश प्रहरी प्रमुख केसी आइताबार पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

शान्ति सुरक्षका निमित्त प्रविधि मैत्री समयमा हरेक स्थानमा सिसि क्यामारा जडान आवाश्यक रहेको र सिसि क्यामारा जडानका लागि प्रहरीसंग प्रयाप्त बजेटै नभएको अवस्था रहेकालेका केही समस्या आइरहेको भएतपनि  प्रहरीले गर्नुपर्ने काम र कर्तव्यमा पछि नपर्ने  बताएका हुन् ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआई किरण राणा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सरुवा भएसँगै डीआईजी केसी बागमती प्रदेश आएका डीआईजी केसीले पत्रकारहरुसँगको भेटघाटमा बोल्दै प्रहरीलाई प्राप्त सुचना अनुसार मकवानपुरमा  बढिरहेको अफिमको खेतीलाई नियन्त्रण गर्न विशेष कार्य योजनानै बनाइएको बताए ।

ट्राफिक व्यवस्थापन देखि अपराध न्यूनीकरणका प्रदेशको कन्ट्रोलमा रहेको १० वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता गरेको जानकारी दिए ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रवीकुमार पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, लगायतको उपस्थिती रहेको थियो ।

………………
डिआइजी विष्णु कुमार केसीले  गएको माघ २ गते मंगलबार बागमती प्रदेशमा पदभार ग्रहण गरेका हुन् ।