मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा –६ स्थित गौरीटार रंगशालामा यही माघ १६ गतेदेखि स्थानीय तह छैठौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएपछि रंगशाला चर्चाको विषय बनेको छ ।

प्रतियोगिता सम्पन्न गर्न रंगशाला खेलमैदान व्यवस्थापनको कार्य सम्पन्न हुन लागेको छ ।

यस वर्षको संस्करणमा संयोजनको जिम्मेवारी हेटौंडा– १५ स्थित न्यू डाँफे युथ क्लबले लिएर रंगशालालाई चिनाउने काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिइरहेका छन् ।

विभिन्न व्यक्तीहरु देखि स्थानियहरु समेत खुसी भएका छन् ।

गौरीटार रंगशाला ३वटा वडाको संगम भएको र यस वृहत खेल प्रतियोगिताले रंगशालालाई चिनाउन  भूमिका रहने भन्दै खुसी व्यक्त गरेका हुन् ।

………………………..

आउँदो माघ १६ गतेदेखि २७ गतेसम्म हुन लागेको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुनेछन् ।

खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।

प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो । प्रतियोगितामा प्रथम हु्ने समुहले १५ लाख रुपैयाँ र दोस्रो हुने समुहले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरि सर्वोकृष्ट खेलाडीका लागि हेटौंडा–४ का निवासी सन्तोष गौतमले बुलेट बाईकको प्रयोजन गरेका छन् ।

प्रतियोगिताका विधागत पुरस्कार अन्तरगर्त प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँ दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।