हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका दिनेश जोशीले हेटौंडा २ चौकीटोलमा रहेको ॐ वृद्धाश्रममा आश्रित रहेका वृद्ध वृद्धाहरुलाई खाना खुवाएका छ्न् ।
जोशीले बैवाहिक जिवनमा बाधिएको २५ औं वर्षको अवसर पारेर बृदा आमा बुवाहरुलाइ १ दिनको खान खुवाउन श्रीमती सहित जोशी वृद्धाश्रममा पुगेका हुन् ।
बैवाहिक जिवनको २५ औं वसन्त पार गरेसंगै आश्रमका आमा बुवाको अर्शिवाद लिन र केही खुसी साटासाट गर्नका लागि पुगेको जोशी बताउँछन् ।
हरेक वर्षमा आउने पन्म दिन लगायतका कार्यक्रम गनृ निकै तामझाम गर्नु भन्दा आश्रममा थोरै भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले विवाह वर्षमा १ दिन भनेपनि खाना खुवायन आएको बताए ।
उनले भने “मैले एक दिन खुवाएको छु । हजुरलेृ पनि १ दिन खुवायछु भन्ने सोच राख्नुभयो भने ३६५ दिनै आमा बुवाले खानाका लागि सहज बातावरण बन्छ ।”





















प्रतिक्रिया दिनुहोस्