जिल्ला फुटबल संघ मकवानपुरद्धारा आयोजित स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ ।

खेल प्रतियोगिता सम्पन्न गर्नका लागि हेटौंडा–६ स्थित गौरिटार रंगशाला खेलमैदान व्यवस्थापन देखि बिभिन्न गतिबिधिमा आयोजक हरु खटिरहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडाको निकै पुरानो रंगशालामा वृहत् खेलको अयोजना गरेर जिल्ला फुटबल संघले रंगशालाको नाम जनमानस विच पुर्याउने गरेको खेल प्रचार प्रसार संयोजक तथा डाँफे युवा क्लवका सदस्य समेत रहेका प्रितम राना मगरले बताए ।

उनले २०४० सालमा तत्कालिन राजा बिरेन्द्रले नै उद्धघाटन गरेको र नेपालमै पहिलो पटक प्रथम नगर खेलकुद भएको रंगशाला २०६६ सालमा ततकालिन प्रधानमन्त्री माधव नेपालद्धारा सिलान्यास समेत भएको स्थान चिनाउन गोल्डकपले निकै राम्रो भूमिका खेल्ने बताए ।

प्रतियोगितामा यस वर्षको संस्करणको संयोजनको जिम्मेवारीमा हेटौंडा– १५ को न्यू डाँफे युथ क्लबका अध्यक्ष आलोक स्याङ्तान सहितका पदाअधिकारीहरुले समेत अग्रमा रहेर काम गरेकोमा खुसी लागेको  राना मगरले बताएका छन् ।

अन्तराष्ट्रि मापदण्ड पुग्ने नेपालको दशरथ रंगशाला पछिको दोस्रो रंगशाला र लगभग २३ विगाहमा फैलिएको र फुटबल मात्र नभएर हरेक खेलकुदहरु गर्न मिल्नेगरि योजना अघि बढेको रंगशाला चिनाउने काममा थप सहयोग गर्नका लागि गोल्डकप ल्याइएको  राना मगर बताउछन् ।

जिल्ला फुटबल संघ मकवानपुरद्धारा आयोजित यस वर्षको प्रतियोगितामा आयोजक सहित ८ वटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ ।

खेलमा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लबको सहभागी रहने छ ।

प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुने र रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हो ।

प्रतियोगितामा विधागतरुपमा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद दिइने र उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

जसमा विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ बराबरको बुलेट बाइक प्रदान गरिने भएको हो।