राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नंबर १ मकवानपुरका सांसद दिपक बहादुर सिंहले अहिलेको अवस्थाले सरकार चल्ने अवस्था नभएको बताएका छन् ।

हेटौंडामा आइताबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगमाी फागुन १ गतेबाट कडा ढंगबाट आन्दोलन गरिने बताएका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंह, राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू लयागतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सिंहले पूर्वराज्ञा ज्ञानेन्द्र शाह आइतबार मकवानपुर आएर विभिन्न धार्मिकस्थलमा पूजाअर्चना गरेसंगै राजा उदघोष गर्दै राजाको नामले सरकार अत्तिएको बताए ।

सिंहले भने “राप्रपाले आन्दोलनको घोषण गरिसकेको छ । यस आन्दोलनमा जतिपनि राष्ट्रवादी शक्तीहरु छन् एउटै छाता मुनि आउनुपर्छ भन्ने आव्हान हामीले गरिसकेका छौँ । पुर्वराजालाई स्वागत गर्न हरेक दलका नेता कार्यकर्ताहरु स्वागतका लागि आएर सहयोग गरेका छन् । हेटौंडा उपमहानगरको मेयरले समेत साथ दिनुभयो यसकालागि धन्यवाद दिन चाहान्छु ।”