हेटौंडा -४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा नेपाली चलचित्र “काँडेतार” को पुष २७ गते शुक्रबार बिशेष च्यारिटी शोमा प्रर्दशन भएको छ ।

नेपाली चलचित्र काँडेतार नेपालीले एकपट हेर्नै पर्ने चलचित्र भन्दै चलचित्रका निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले बिशेष च्यारिटी शो मा शुक्रबार प्रर्दशन ल्याएका हुन ।

नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको र राष्ट्रियताको विषयमा उठान भएको काँडेतार हेरिदिन खड्काले आग्रह समेत गरेका छन् ।

आगामी फागुन २५ गते चलचित्र देशभर प्रदर्शन हुने जानकारी समेत दिएका छन् ।

एनएस सिनेमा हलमा “काँडेतार” हेर्नका लागि बिशेष च्यारिटी शोमा हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई, प्रहरी प्रमुख सिताराम रिजाल, जिल्ला समन्वय समितीका प्रमुख ललित घलान, प्रमुख प्रशासकिय देखि बिभिन्न राजनीतिज्ञ, सञ्चारकर्मीहरु निकै उत्साहित हुँदै चलचित्रलाई हेरेका छन् ।

चलचित्र हेरपछि चलचित्रका विषयमा मेयर मिना कुमारी लामाले देशको भावान बोकेको र कथा बस्तु निकै राम्रो भएको बताइन्।

देशको सिमानाका विषयलाइ केन्द्रित गरेर देशको सिमाको रक्षा गर्नुपर्ने र यसकार्यको कर्तव्य बोध गराउने बताएकी हुन् ।

चलत्रिका लागि विशेष धन्यवालद दिँदै आगामी दिनमा पनि यस्ता देशभक्ती भावको चलचित्र बनाउनका लागि अग्रिम शुभकामना रहेको मेयर लामाले बताइन् ।
चलचित्रहेरे बाहिरीदै गर्दा चलचित्र हेरे निस्कदै गर्दा दर्शक रुपमा आएका सबैले राम्रै प्रतिक्रिया दिएका छन् ।