बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्वास्थ्य क्षेत्रमा ठूलै क्रान्ति गरेको बताएका छन् ।

बागमती प्रदेश सरकार मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको को एक वर्ष पूरा भएसंगै बुधबार मुख्यमन्त्री जम्कट्टेलले पत्रकार सम्मेलन मार्फत प्रदेश सरकारले गरेका कामको बारेमा जानकारी गराउदै यस्तो बताएका हुन् ।

उनले नीतिगत कुरामा केन्द्रित हुँदै स्वास्थ्य क्षेत्रका लागि प्रदेशका १० वटा अस्पतालहरु स्तरउन्नती देखि शिक्षा क्षेत्रका लागि प्रदेश शिक्षा नीति सम्बन्धि समेत चासो राखिएको बताए ।

प्रदेश सरकारले संगठन विस्तार गरी जिल्ला तहमै जनतालाई सेवा दिने, निजामती सेवा ऐन पारित गरी ५ वर्षदेखि रोकिएको कर्मचारी बढुवाको कार्य समेत गरिएको मुख्यमन्त्री  जम्कट्टेलले बताए ।

प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गरेको र आफू नेतृत्वको प्रदेश सरकारमा विवाद नहुनु पनि महत्वपुर्ण उपलब्धी भएको बताए ।