हेटौंडा उपमहानगरपालिका ५ मा रहेको हेटौंडा सिटी कलेज जेनिथमा अध्यनरत विद्यार्थीहरुले खाना प्रदर्शनी गरेका छन् ।
बीसीए चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरले नै स्टल सहित आइताबार खाना प्रदर्शनी गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिता पाण्डेको सभअध्यक्षतामा हेटौंडा उपमहानगर ५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले खाना प्रदर्शनी गरेका हुन् ।
प्रदर्शनी संगै नयाँ वर्ष सन २०२४ लाई स्वागत र शुभकामना आदान प्रदान र सांङ्गीतिक कार्यक्रम समेत गरिएको थियो भने विद्यार्थीहरुकै लगानी रहेको र विद्यार्थीले नै बनाइएका विभिन्न परिकारहरु क्याम्पस परिसरमा राखिएको हो ।





















प्रतिक्रिया दिनुहोस्