बागमती प्रदेशको राजधानी हेटौंडामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि वृहत् खेलकुद तथा व्यापार महोत्सव जारी छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवमै बिभिन्न खे्लकुद गतिबिधि समेत भइरहेको छ ।

व्यापार महोत्सवमै खेलकुद अन्तरगर्त आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितको उपाधि हात पारेको छ ।

चन्द्रागिरी न्यू डायमण्ड र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विच सोमबार भएको लाई फाइनल खेलमा न्यू डायमण्ड क्लबलाई पराजित गर्दै एपीएफ विजयी भएको हो ।

मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा चन्द्रागिरी न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराउँन सफल भएको हो ।

उपाधि सँगै २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र एपीएफले हात पारेको हो । त्यस्तै उपविजेता हुँदै न्यु डायमण्डले १ लाख रुपैयाँ पाएको हो ।

प्रतियोगितामा तीन विभागीय टोली र घरेलु टोली छहारी युवा क्लबसहित ५ टिमको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरको सहयोगमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेतालाई मेयर मीना कुमारी लामा द्धारा ट्रफी हस्तान्तरण गरिएको हो ।