हेटौंडा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सुशासनको निमित्त सरकारले राम्रो काम गरेकै सन्दर्भमा
पनि असफल बनाउन घेराबन्दी भैरहेको बताएका छन् ।
सोमबार प्रेस सेन्टर नेपाल मकवानपुरद्धारा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

सरकारले गरेको राम्रो कामलाइ सबै दलले सहयोग गर्नुपर्ने सस्कारको विकास हुनुपर्ने बताए ।

एजेन्डासहित वर्तमान सरकार अर्थातप्रचण्ड नेतृत्वको सरकारले तीन एजेण्डालाई प्राथमिकता दिएर काम गरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको पुस १० गते एकबर्ष पुग्दैगर्दा एक बर्षको समय अवधिभरमा कस्तो रह्यो भन्ने बारेमा जनतालाई अवगत गराइने र सम्बोधन गर्ने तयारीमा रहेको उपमहासचिव पुनले उल्लेख गरे ।

२०६४ सालमा संविधान बनाउन नसकेर संसद विगठन गर्नुनै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको महसुस गरिएको बताउदैमाओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको र अब माओवादी कमब्याकको चरणमा रहेको बताए ।