बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर-४ स्थित हुप्राचौरमा बिहानीको समयमा फुटबल प्रशिक्षण दिइरहेको दृष्य देख्न सकिन्छ ।
वडा नम्बर –४ स्थित हुप्राचौरमा बसोबास गर्ने प्रशिक्षक व्यक्ती हुन भीम लामा ।
हेटौंडा फुटबल एकेडेमीका सञ्चालक समेत रहेका लामा विगत ९ वर्षदेखि फुटबल प्रशिक्षण दिँदै बिहानीको समयमा साना बालबालिका देखि ठूला व्यक्तिहरुलाई फुटबल प्रशिक्षण दिइएर समय बिताइ रहेका छन् ।
२०४६ सालमा मकवानपुरमै जन्म लिएका लामाले फुटबल खेलाडी बन्ने चाहाना भएकाहरुलाई राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्य फुटबलकोमा केही गर्छु भन्ने सोचले २०७४ सालमा एकेडेमीका माध्यबाट दर्ता प्रकृयाले निरन्तर फुटबल प्रशिक्षण गराउदै आएको भीम लामाले बताएका छन् ।
बाल्यकालको स्मरण गदै सानै हुँदा बिभिन्न व्यक्ती दाजुहरुले फुटबल खेल्दा जितेपछि व्यक्तीको नाम गोल गरेको नाम बिभिन्न पत्रपत्रिकामा प्रकाशन हुँदा र एफ रेडियोमा नाम सुनेपछि त्यसै गरि आफ्नो नाम आओस भनेर फुटबल खेल तर्फ तानिएको लामा भन्छन् ।
फुटबल सानै उमेर देखि खेल्न थालेपछि खेलाडी, रेफ्रि र अहिले प्रशिक बनेर प्यासन र जुनुनले जिन्दगी भन्ने लागेर निरन्तर दिइरहेको प्रशिक्ष लामा बताउछन् ।
आफ्नै साथीभाइको स–सानो सहयोग र आफ्नै लगानीमा प्रशिक्षण दिने देखि खेलाडी उत्पादन गरेर खेलाडीहरुलाइ विभिन्न जिल्ला भारतका बिभिन्न स्थानमा समेत प्रतिस्पर्धाका लागि पुर्याएको बताए ।
दैनिकी ५० देख ६० जनालाई दैनिकी १ डेढ घण्टा प्रशिक्षण दिेने गरेको र आफुले प्रशिक्षण दिएका खेलाडीहरु ए डिभिजन लिग सम्म १० जना जति पुगेको बताए ।
प्रशिक्षणका लागि जसरी खेलाडीहरु आए जस्तै अडिन नसकनु सम्बन्धितको भने जस्तोगरि नजर नपर्नुको परिणाम भएको प्रशिक्षक लामा बताउछन् ।
परिवारले पनि खेलकुद पनि शिक्षा हो भन्ने ध्यान राखेर खेलकुद तर्फ लगाउन जरुरी रहेको बताउदै यस तर्फ ध्यान दिन अभिभावक प्रति अनुरोध रहेको बताउछन्।
खेलाडीहरु लिएर बिभिन्न टुनामेन्टमा पुग्दा खेलमैदानम हेरेर निकै सन्तुष्टि मिले पनि सम्बन्धित निकायले चासो लिएर प्रशिक्षक देखि खेलाडीहरुका लगी बाँच्ने आधार नबनाइदा मात्र नामले चित्त बुभाउनु परेको अवस्था रहेको प्रशिक्षक लामा सुनाउछन् ।
प्रशिक्षकहरुका लागि बिभिन्न स्थानमा अर्थ प्राप्त हुने गरि कार्यालयहरुमा नियुक्त गरेर बाँच्ने आधार बनाउन अतिनै जरुरी रहेको लामाको भनाइ छ ।
खेलका लागि खेलाडी अनि प्रशिक्षकका लागि बाँच्ने आधार बनाएमा हरेक खेलको बिकास हुने बुझाई रहेको लामा बताउछन् ।
प्रतिक्रिया दिनुहोस्