बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार देखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको आज आइताबार अन्तिम खेलको भिडन्त भइरहेको छ ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा उक्त खेल प्रतियोगिता आयोजना भएको हो।

हेटौंडा ४मा रहेको होटल सामानामा भइरहेको प्रतियोगितमा जोडदार प्रतिस्पर्धा गरिरहेका छन्  ।

यसैक्रममा खेलकै विषयमा रातो समाचारसंगको कुराकानीमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले अहिले राजनीति घटना क्रमको समयमा पनि सकारात्मक सन्देश दिने खालको महत्वपुर्ण खेलको आयोजना गरिएको बताए ।

महासंघको १५ औं स्थपना दिवसको अवसरमै गरिएको चेस प्रतियोगिताले अन्तराष्ट्रिय खेलाडी समेतको उपस्थितिमा आयोजित गरिउकाले खेल जगतमै उत्साह थपिएको बताएका छन् ।

खेलमा सहभागी हुन आउनुभएका सबैलाई हार्दिक स्वागतम भन्दै अध्यक्ष बस्नेतले आभार व्यक्त गरे ।

खेलहरु मध्य चेस बौद्धिकताको गति दिएको र चेस प्रतियोगितामा बाहिरी मुलुकबाट खेल्न खेलाडी आआउनु गौरवको कुरा भएको बस्नेत बताउछन् ।

खेल क्षेत्रमा खेलाडीको भविष्य भएकाले खेलको गति नै खेलाडीको प्रगती भएको बस्नेत बताउछन् ।