बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबार देखि सूरु भएको एशियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको शनिबार चौथो दिन भएको छ ।

नेपाल बुद्धिचाल महासंघको विशेष आयोजना तथा नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सूरु गरिएको खेलमा जोडदार प्रतिस्पर्धा भइरहेको छ ।

हेटौंडा४मा रहेको होटल सामानामा भइरहेको प्रतियोगितको शनिबार सातौं चरणको खेल समेत सम्पन्न भएको छ ।

यसैक्रममा खेलकै विषयमा रातो समाचारसंगको कुराकानीमा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटिका अध्यक्ष सिताराम कार्कीले चेस बौद्धिक क्षमता र राजनीतिसंग मेलखाने खेल भएको बताएका छन् ।

मकवानपुर जिल्लाको हेटौंडा हरेक खेलको निमित्त खेलकुदको उद्यम बिन्दु नै भएको बताए ।

बुद्धिचाल चेसको सन्दर्भ हेर्ने हो भने खेलले आफु कसरी सक्षम हुने र अरुलाई कसरी मात दिने भन्ने ज्ञान दिने खेलका रुपमा बुझेको बताए ।
आयोजकले स्तरिय खेलको आयोजना गरेकोमा खुसी व्यक्त गरे ।