हेटौंडा उपमहानगरपालिका १३-का भक्त बहादुर भोम्जनले चमेली माया मोक्तान र गंगाराज प्रधानले पिडित बनाएको बताएका छन् ।

आफुहरुलाई पिडित बनाएको भन्दै एक समुहले पत्रकार सम्मेलन गरेका छन् ।

भोम्जनले शुक्रबार एक समुह सहित पत्रकार सम्मेलनको आयोजना गर्दै  मोक्तान र प्रधानको करणले दिएको पिडाले मर्नु बाहेक उपाय नभएको बताएका हुन् ।

वडा नं१३ बनस्पति बस्ने भक्त बहादुर भोम्जनले पत्रकार सम्मेलामा बताए अनुसार आफुनै बसेको घरमा घर खाली गर या भाडा देउ भन्दै हेटौँडा-४ हुप्राचौर घर भएका ढुण्डीराज अधिकारीले पठाएको पत्र हात परेपछि तनाव सुरु भएको बताए ।

अधिकारीसंग न देखभेट न कुनै चिनजान तर पत्र आएपछि वास्तविक के हो भनेर श्रीमती भक्ति माया भोम्जनलाई प्रश्न गर्दा पनि यस विषयमा श्रीमती पनि अनविज्ञ भएपछि आफुहरु भौतारिएको सुनाए ।

श्रीमतीको नाममा दर्ता रहेको हेटौंडा १३ स्थित १२ धुर घडेरी रहेको जग्गामा बसोबास गरिरहेको र सोही घर खाली गराउने पत्र हात पर्दा सहि नसक्नु भएको बताए ।

३ तीन कोठे घरलाई हेटौंडा—१३ निवासी चमेली माया मोक्तान र हेटौंडा—८ बस्ने  प्रधानले ढुण्डीराज अधिकारीलाई २०७८ असार २९ गते पास गराएको उनको आरोप छ।

पत्रकार  सम्मेलनमै हेटौडा—१३ बस्ने जयन्द्र घलानले  आफुहरुलाई पिडित बनाइएको  र सहयोगको अपेक्षा गरिएको  न्याय गरेर सहयोग गरिदिन अपिल गरिएको बताएका हुन् ।