कार्तिक शुक्ल चतुर्थि देखि सुरु हुने हिन्दु धर्मालम्बीहरुको छठपुजा सोमबार उदाउदो सूर्यलाइ अर्घ दिदै समापन भएको छ ।

विशेष गरि तराई क्षेत्रमा मनाइने पर्व पछिल्लो समयमा नेपालका विभिन्न जात जातिहरुले समेत धुमधामका साथ मनाउन थालिएको पर्व सोमबार समापन भएको हो।

पुजा सम्पन्न गर्न बिभिन्न स्थानमा रहेको पोखरी, पानीको ताल, नदि छेउछाउमा पुजाको व्यवस्थापनका लागि छठी घाट बनाई निकै नै झकिझकाउ तरिकाले सजाइएको हो ।

यसै विच हेटौंडा– १ स्थित राप्तीतटमा उपमहानगरको मुख्य सहयोग र संयुक्त मधेसी सेवा समाज नेपालद्धारा छठपुजा समारोह समितीको संयोजनमा गरिएको छठपुजा पनि समापन भएको छ ।

राप्ती तटलाई छठी घाट बनाइ ब्रतालु देखि अवलोकन गर्न आउनेहरुका लागि मध्य नजर गर्दै पुजा स्थल निर्माण गरेर पूजालाइ सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छठपुजा समारोह समितीका संयोजक रविरञ्जन गुप्ताले बताएका छन् ।

अघिल्लो वर्ष भन्दा यो वर्ष भक्तजन र अवलोकन गर्न आउनेको संख्या अधिक हुने अनुमानमा ६ सय फिटको पाण्डाल बनाइएको पनि पण्डालको क्षेत्र कम भएको बताए ।